पाँच मध्ये एक किशोरकिशोरीले इन्स्टाग्राममा ‘आपत्तिजनक कन्टेन्ट’ देखेको खुलासा

सामाजिक सञ्जाल माध्यम ‘इन्स्टाग्राम’ मा किशोर सुरक्षासम्बन्धी चकित पार्ने तथ्य सार्वजनिक भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको सङ्घीय मुद्दाका क्रममा अदालतमा पेश कागजातअनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब १९ प्रतिशत प्रयोगकर्ताले आफूले नचाहेका ‘आपत्तिजनक वा यौन तस्बिर’ देखेको बताएका छन् । ती कागजातमा सन् २०२५ मार्चमा ‘इन्स्टाग्राम’ प्रमुख एडम मोसेरीले दिएको बयानका अंशसमेत समावेश छन् ।

कम्पनीका प्रवक्ता एन्डी स्टोनका अनुसार यो तथ्याङ्क सन् २०२१ मा गरिएको प्रयोगकर्ता सर्वेक्षणमा आधारित हो । सर्वेक्षणमा करिब ८ प्रतिशत किशोरले ‘इन्स्टाग्राम’मा कसैले आफूलाई हानि पुर्‍याइरहेको वा त्यस्तो धम्की दिएको सामग्री देखेको उल्लेख गरेका छन् ।

अदालतमा पेश अन्य कागजातले कम्पनीका अनुसन्धानकर्ताले किशोर प्रयोगकर्तालाई सबैभन्दा महत्वपूर्ण समूहका रूपमा लिएको देखाउछन् । सन् २०२१ जनवरीको एक स्मरणपत्रमा किशोरमार्फत परिवारका अन्य सदस्यसम्म पुग्न सकिने रणनीति अपनाउन सुझाव दिइएको थियो ।

‘फेसबुक’ र ‘इन्स्टाग्राम’को स्वामित्वमा रहेको ‘मेटा प्लेटफर्म्स’माथि विश्वभर किशोरहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोप लाग्दै आएका छन् । अमेरिकामा मात्रै हजारौं मुद्दा दर्ता भएका छन्, जसमा कम्पनीले जानाजानी लत लाग्ने किसिमले माध्यम विकास गरेको दाबी गरिएको छ ।

यता कम्पनीले भने अधिकांश आपत्तिजनक सामग्री व्यक्तिगत सन्देशमार्फत पठाइने गरेको दाबी गर्दै गोपनीयताको कारण सबै सन्देश निगरानी गर्न नसकिने जनाएको छ । बढ्दो दबाबबीच सन् २०२५ अन्त्यतिर कम्पनीले कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिएका आपत्तिजनक वा यौन सामग्री हटाउने नीतिमा कडाइ गर्ने घोषणा गरेको छ ।

यसबीच अष्ट्रेलिया, फ्रान्स, डेनमार्क, स्पेन, मलेसिया, ग्रीस, स्लोभेनिया र नर्वे लगायत देशहरूले किशोरहरूको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्ने वा प्रतिबन्ध लगाउने पहल अघि बढाएका छन् । भारतले पनि आर्थिक सर्वेक्षण २०२६-२७ मा बालबालिका र किशोरमा बढ्दो सामाजिक सञ्जाल लतप्रति चिन्ता व्यक्त गर्दै कडा मापदण्ड सिफारिस गरेको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 78 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 50 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 64 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन