‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’

कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताउनुभयो ।

“पार्टी सङ््गठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो”, उपमहासचिव शर्माले भन्नुभयो, “संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।” पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताउनुभयो । उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उहाँको भनाइ थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उहाँले बताउनुभयो । माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताउनुभयो ।

  • Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 80 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 50 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 64 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन