प्रत्यक्षतर्फको मत गणना सकियो, कुन प्रदेशमा कसले जिते ?

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सबै १६५ क्षेत्रको मतगणना सकिएको छ  ।

एक स्थान धनुषा- १ को मतगणना सम्पन्न भएपनि आयोग र अदालतले रोके पनि मत परिणाम सार्बजनिक गरिएको छ र सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषित गरिएको छ । सर्वोच्च अदालतले आदेश दिएपछि सोहि अनुसार हुने गरि आयोगले अहिलेको मतगणनाअनुसार परिणाम सार्बजनिक गर्दै यादवलाई प्रमाण पत्र दिएको छ ।

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्ण जित हासिल गर्दै १२५ सिट जितेको छ । त्यस्तै नेपाली काँग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट जितेको छ । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै राप्रपाले एक सिट जितेको छ भने स्वतन्त्र उम्मेदार एक जना महावीर पुनले जित हासिल गरेका छन् ।

प्रदेश अनुसार हेर्ने हो भने २९ क्षेत्र रहेको कोशी प्रदेशमा रास्वपाले १७ सिट जितेको छ भने एमालेले ५, नेपाली काँग्रेसले ४ र श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै ३२ क्षेत्र रहेको मधेश प्रदेशमा,अ रास्वपाले ३० सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले एक एक सिट जितेका छन् ।

त्यसैगरी ३३ क्षेत्र रहेको बागमती प्रदेशमा रास्वपाले ३१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले एक एक सिट जितेका छन् । त्यस्तै १७ सिट रहेको गण्डकी प्रदेशमा रास्वपाले १५ सिट जितेको छ भने नेपाली काँग्रेसले २ सिट जितेको छ । त्यसैगरी २६ सिट रहेको लुम्बिनी प्रदेशमा रास्वपाले २१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले २-२ सिट र एमालेले एक सिट जितेको छ ।

त्यस्तै १२ सिट रहेको कर्णाली प्रदेशमा नेपाली काँग्रेसले ५ सिट जितेको छ भने नेकपाले ४, एमाले, राप्रपा र रास्वपाले एक एक सिट जितेका छन् । त्यसैगरी १६  सिट रहेको सुदूरपश्चिममा रास्वपाले १० सिट जितेको छ भने एमाले र काँग्रेसले ३-३ सिट जितेका छन् ।

यस पटक प्रत्यक्षमा मधेशवादी दल र नागरिक उन्मुक्ति जस्ता दलले भने कुनै सिट जित्न नसकेपछि उनीहरुको संसदमा उपस्थिति नहुने भएको छ । अहिलेसम कम्तिमा एक सांसद जित्दै आएको नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व पनि यस पटक संसदमा नहुने भएको छ ।

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 26 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 21 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 23 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ