प्रथम वडा अध्यक्ष कप खुल्ला कराँते प्रतियोगिता २०८२ को सुभारम्भ

स्पन्दन न्यौपाने

१७ माघ, काठमाडौँ । नेपाल गोजु–काई कराँते–डो संघले काठमाडौँ महानगरपालिका वडा नं. ७ को सहयोग र मित्रपार्क नाय खिं बाजं खलःसँगको समन्वयमा “प्रथम वडा अध्यक्ष कप खुल्ला कराँते प्रतियोगिता २०८२” शुक्रबारदेखि सुभारम्भ भएको छ ।
का.म.पा. वडा नं. ७ चुच्चेपाटीस्थित मनास्लु वल्र्ड स्कुल परिसरमा आयोजित प्रतियोगिताको सुभारम्भ का.म.पा. वडा नं. ७ का पूर्वअध्यक्ष सानुकाजी शाक्यले गर्नुभयो ।
दुई दिनसम्म चल्ने यस प्रतियोगितामा स्थानीय क्षेत्रका उपत्यका तथा उपत्यका बाहिरबाट समेत विभिन्न डोजो, विद्यालय, क्लबबाट २७ वटा समुहको सहभागिता रहेको संघका महासचिव (प्रतियोगिताका संयोजक) सहप्रमुख प्रशिक्षक इन्द्रबहादुर शाही खड्गेले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ४५ जना प्रशिक्षक तथा रेफ्रीहरूको सहभागिता रहेको यस प्रतियोगिताको निर्णाय मण्डलमा अन्तर्राष्ट्रिय रेफ्री राम लामादेखि लिएर राकेशकुमार राजवंशी, विक्रम लामा, राजेन्द्रकुमार ओझालगायतको सहभागिता रहेको छ ।
वडाले धर्म, संस्कृति कलाको संरक्षण गर्नुका साथै शारीरिक तन्दुरुस्त र खेलमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि यस प्रतियोगिताले उल्लेख्य भूमिका निर्वाह गर्ने मित्रपार्क नाय खिं बाजं खलः अध्यक्ष सुनिल शाहीले बताउनुभयो ।
प्रतियोगितामा खेलुकद, शिक्षा, संघसंस्था लगायतका क्षेत्रका व्यक्तित्वहरूको उल्लेख सहभागिता रहेको थियो ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 25 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 24 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 22 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 32 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 27 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 22 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का