प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

रौतहट, ०२ असार । रौतहटको प्रादेशिक अस्पताल गौरले MSS स्कोरिङमा ९१% अंक प्राप्त गरी मधेश प्रदेशभरिमा लगातार दोस्रो पटक पनि प्रथम स्थान हासिल गर्न सफल भएको हो । तीन महिनाअघि गरिएको MSS स्कोरिङमा ८९% अंकका साथ अस्पताल पहिलो स्थानमा थियो ।

सोमबार MSS स्कोरिङ कार्यक्रममा ९१% अंक प्राप्त गरी यसले आफ्नो अग्रता कायम राखेको छ । अस्पतालका अध्यक्ष मो. अनवर हाशमीले कार्यक्रममा बोल्दै पहिला प्रादेशिक अस्पताल गौरलाई ‘रेफर अस्पताल’का रूपमा चिनिने भए पनि अहिले धेरै सुधार भएको बताए । उनले आफ्नो प्रयास र मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको विशेष पहलले गर्दा ३ वर्षभित्र अस्पताललाई मधेश प्रदेशको आठौँ स्थानबाट दोस्रो पटक प्रथम स्थानमा ल्याउन सफल भएको बताए ।

आजको MSS स्कोरिङ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी उपरीक्षक नेत्र मणि गिरी, प्रादेशिक अस्पताल गौर रौतहटका अध्यक्ष मो. अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, स्वास्थ्य कार्यालय रौतहट, गौरका कार्यालय प्रमुख राजेश कुमार सिंह, लेखापाल जितेन्द्र यादव, मधेश प्रदेश MSS स्कोरिङका कर्मचारीहरू लगायत अस्पतालका सम्पूर्ण कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन