११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

दीपेन्द्र प्रजापति/कालो झोला ।

चितवन, ०२ असार । ११ औं अन्तर्राष्ट्रिय योग दिवस 2025 मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा आज बिहान चितवन जिल्लाको भरतपुर महानगरमा रहेको नारायणी नदीको किनारमा योग कार्यक्रमको आयोजना गरेको छ ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले क्रमशः प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा कार्यक्रमा भाग लिनु भएको थियो भने अन्य धेरै विशिष्ट व्यक्तिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल का पदाधिकारीहरू, विभिन्न योग संस्थाका पदाधिकारी तथा सदस्यहरू, नागरिक समाजका सदस्यहरू र योग उत्साहीहरूले पनि कार्यक्रममा भाग लिएका थिए ।

आयोजित योग कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीणाले आफ्नो उद्घाटन भाषणमा मानव जातिको स्वास्थ्य र समग्र कल्याणमा योगको महत्त्व र फाइदाहरू माथि प्रकाश पार्नु भयो । वहाँले सहभागीहरूलाई सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा नेपाल सहित १ सय ७७ सदस्य राष्ट्रहरू द्वारा सह-प्रायोजित प्रस्ताव पारित भए पछि सन् २०१५ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवसको स्थापना भएको बारेमा पनि जानकारी गराउनु भयो । त्यस बेला देखि, अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष २१ जुनमा विश्वभर मनाइन्छ । वहाँले यस वर्षको योग मुख्य नारा: एक पृथ्वी, एक स्वास्थ्यको लागि योगको महत्त्व बारे पनि प्रकाश पार्नु भयो । वहाँले स्वस्थ जीवन कायम राख्न योगलाई आफ्नो नियमित बानी बनाउन पनि सहभागीहरूलाई आग्रह गर्नु भयो ।

उपमेयर चित्रसेन अधिकारीले आफ्नो मन्तव्यमा योगको माध्यम बाट नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गर्नु भयो । वहाँले अन्तर्राष्ट्रिय योग दिवस मनाउनु जनताको सुस्वास्थ्य प्रवर्द्धनका लागि धेरै महत्त्वपूर्ण रहेकोमा जोड दिनु भयो । वहाँले वाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रमले नेपाल-भारत मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने मात्र नभई हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने बारे बताउनु भयो । उहाँले योग अभ्यास गर्नुका अपार फाइदाहरूको बारेमा पनि उल्लेख गर्नु भयो । उहाँले भरतपुर महानगरपालिकाले योगलाई अझ लोक प्रिय बनाउन हरसम्भव प्रयास गरिरहेको कुरामा पनि जोड दिनु भयो ।

यसै गरि उधोग वाणिज्य संघ, चितवन, नेपाल भारत मैत्री संघ, चितवन, पतञ्जलि योग समिति, चितवन र आर्ट अफ लिभिङको सहकार्यमा आयोजित योग कार्यक्रममा ५ सय ५० भन्दा बढी व्यक्तिहरूले भाग लिएका थिए ।

भारतको महावाणिज्य दूतावास सबै सहभागीहरूलाई वहाँहरूको सहभागिताको लागि कृतज्ञता व्यक्त गर्नुको साथै कार्यक्रम सफल बनाउन सहयोग र समर्थनको लागि सबै साझेदारहरूलाई धन्यवाद पनि दिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन