बीरगंज, १४ फागुन । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबरिया टोलस्थित गाई गोठमा बाराको फेटा गाउँपालिका वडा नं. ४ फूलबरिया बस्ने वर्ष ४६ का प्रेमचन्द्र महराको शव गर्धन र टाउकोको पछाडि भागमा खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार राति करिब ०७:४५ बजेको समयमा फेला परेकोमा उक्त घटनामा संलग्न पर्सा को बी.म.न.पा.-८ बस्ने उल्लेखित गाई गोठमा धनी वर्ष ३४ का दीपक कुमार महरालाई सोही दिन राति करिब ०८:०० बजे बी.म.न.पा.-४ बिर्ताबाट नियन्त्रणमा लिइएको र घटनास्थल बाट हत्यामा प्रयोग भएको खुकुरी बरामद भएको तथा हालसम्म खुलेको तथ्य अनुसार उक्त घटनाको कारण अनैतिक सम्बन्धले उत्पन्न गरेको प्रतिशोध देखिएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार जनाएको छ ।