स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज आयोजित पत्रकार भेटघाटमा महाशाखाका निर्देशकले १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिए । 

उनले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने बताए । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । उनले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुई÷दुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको बताउनुभयो । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ ।