फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३-२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा कर्णालीले पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको दोस्रो र तेस्रो सेट भने गण्डकीले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले खेलको दोस्रो सेट २५-२२ र २५-१७ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिको दुई सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा जित हासिल गर्‍यो । कर्णाली खेलको चौथो सेट २५-१९ र पाँचौँ तथा अन्तिम निर्णायक सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिस रहेका छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता रहेको छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही असोज १९ गते हुनेछ ।

  • Related Posts

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबादबाट फर्किएका छन् ।  शुक्रबार राति इस्लामावाद पुगेका अराघची अमेरिकी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेट नगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनीर तथा अन्य…

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    काठमाडौँ । विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ ।  आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी…

    पहिलो

    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    • April 26, 2026
    • 95 views
    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 80 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 11 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 19 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते