बंगलादेशको अन्तरिम सरकारका प्रमुखसहित मन्त्रीहरूको सम्पत्तिमा वृद्धि

 शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ ।

सरकार प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षको अवधिमा करिब ११ प्रतिशतले बढेको देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा उनको सम्पत्तिमा झण्डै ११ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । अन्तरिम सरकारका शीर्ष चार मन्त्रीमध्ये सबैभन्दा बढी सम्पत्ति वृद्धि युनुसकै भएको बताइएको छ । युनुस नेतृत्वको २१ सदस्यीय मन्त्रिपरिषद्मध्ये १८ मन्त्रीहरूको सम्पत्ति बढेको तथ्य सार्वजनिक भएको छ ।

यसैबीच, नयाँ प्रधानमन्त्री रहमानले अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भएको वृद्धिबारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको रिपोर्टमा दाबी गरिएको छ ।

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशमा माइक्रो–फाइनान्स क्षेत्रका अगुवा मानिन्छन् । शेख हसिना सरकारको कार्यकालमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको थियो । तर आफ्नै नेतृत्वमा सरकार गठन भएपछि ती मुद्दा फिर्ता लिइएको बताइएको छ ।

उता, तारिक रहमानको विजयपछि युनुस सरकारमा आईटी मन्त्री रहेका फैज अहमद तैयब नेदरल्यान्ड्स फर्किएका छन् । उनको कार्यकालमा सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनीहरूको पक्षमा केही निर्णय गरिएको भन्दै आलोचना भएको थियो । उच्च क्षमताका उपकरण खरिदका लागि केही कम्पनीलाई अनावश्यक रूपमा टेन्डर दिएको आरोप समेत उनीमाथि लागेको छ ।

युनुस सरकारकी वातावरण मन्त्री सैयदा रिजवाना अनुसार फैज आफ्नो परिवारसहित नेदरल्यान्ड्समै बसोबास गर्दै आएका थिए र अन्तरिम सरकारमा सहभागी हुन बंगलादेश फर्किएका थिए ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 99 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 57 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 67 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन