बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यो क्षणलाई ऐतिहासिक बताए । उनले लामो समयको दमन, लोकतान्त्रिक संस्थाहरूको कमजोरी र संसदको प्रभावहीनता पछि, पार्टी निष्पक्ष चुनाव मार्फत संसदमा फर्किएको बताए । उनले यस संसदमा बहुमतका साथ, युवा नेता तारिक रहमानलाई संसदीय दलको नेतामा निर्वाचित गरेको बताए ।

२०९ सिट र गठबन्धनसहित २१२ सिट जितेको बीएनपीले आज सरकार गठन गर्दै छ । आजै रहमानले प्रधानमन्त्रीको शपथ लिदैछन् । शपथ समारोहमा देश र विदेशका गरि १२ सय भन्दा बढी सहभागी हुने बताइएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि