काठमाडौं : नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत तनहुँले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि प्रहरीले उनलाई सात दिन हिरासतमा राखेर थप अनुसन्धानका लागि समय मागेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । एक नाबालिग गायकले उजुरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजेको थियो । शाह गत फागुन ७ गते तनहुँ प्रहरी चौकी पुगेका थिए । १७ वर्षीया गायिकालाई शाहले पटक–पटक बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । गायिकाको परिवारले दिएको उजुरीमा साहले प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ ।







