ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्तर्को कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ ।
आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र थापाको घरमा सँगै भेटिएका हुन् । बरामद पेस्तोलको म्याग्जिन फेला परेको छैन् । प्रहरीका अनुसार मनिश र सुरेश रविन्द्र थापासँग लागु औषधका कारोबार गर्न उनको घरमा पुगेका थिए । आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।







