क्लब बार्सिलोना युरोपा लिगको अन्तिम-१६ प्रवेश गरेको छ । लिगको प्ले अफको दोस्रो लेगमा इटालियन क्लब नापोलीमाथि ४-२ को सहज जित निकाल्दै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको हो ।
घरेलु टाेलीका लागि लाेरेन्जाे इन्सिग्ने र माटिओ पाेलिटानाेले एक-एक गाेल फर्काए । खेलकाे आठाैं मिनेटमा अल्वाकाे गाेलमार्फत बार्सिलाेनाले अग्रता लिएकाे थियाे । १३ औं मिनेटमा डि जाेङले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए ।२३ औं मिनेटमा इन्सिग्नेले पेनाल्टीमार्फत गाेल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ४५ औं मिनेटमा पिके र ५९ मिनेटमा औवामियाङले गाेल गरेपछि बार्सिलाेना ४-१ ले अघि बढ्याे ।







