बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज दिउँसो करिब १२:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. ०८, लिंक रोड बाट श्रोत नखुलेको रु. १० लाख सहित एक जना भारतियलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य, जिल्ला मोतीहारी, अन्तर्गत पर्ने रक्सौल नगरपंचायत वडा नं. १७ बस्ने वर्ष २२ को नेहाल कुमार रहेका छन् ।

निजलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजले भिरेको कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखिएको नेपाली रू. १ हजार दरका नोट ७ सय थान गरी जम्मा रु. ७ लाख तथा रू. ५ सय दरका नोट ६ सय थान गरि जम्मा रू. ३ लाख गरी कुल जम्मा रू. १० लाख फेला पारी रित पुर्वक बरामद गरी निज नेहाल कुमारलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन