
बीरगंज, २२ फागुन । पर्सा जिल्लाको छिपहरमाई गाउँ पालिका-०५ सिक्टापुल स्थित सशस्त्र प्रहरी बल, बि.ओ.पि. भिष्वाबाट शनिबार राति १०:४५ बजेको समयमा सशस्त्र प्रहरी निरिक्षक राजेश्वर प्रसाद साहको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलिलाई देख्नासाथ सिक्टापुल बाट भारत तर्फ पैदल जादै गरेको एक जना ब्यक्तिले आफुले बोकेको झोला सोही स्थानमा फालि ब्यक्ति भारत तर्फ भागिगएको हुदाँ उक्त झोला चेकजाँच गर्दा झोला भित्र प्लास्टिकमा बेरिएको लागु औषध (चरेश) जस्तो देखिने २ पाकेट लागु औषध, कटुवा पेस्तोल थान – १ र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ एम. एम. राउण्ड थान -१ फेला परेको हुदाँ उक्त लागुऔषध र हतियार बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा का गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।







