बीरगंज, १८ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत तथा वीरगञ्ज महानगरपालिका भित्र रहेको प्रहरी चौकी ईनर्वा गाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्था मा मंगलबार दिउँसो करिब ०१:३० बजेको समयमा बरामद गरि रू. ५ लाख १९ हजार ८ सय ६० बराबरका विभिन्न किसिमका हार्डवेयर पार्टस तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।