बीरगंज, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १०:०० बजेको समयमा विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरिएको भारतीय मालवाहक कन्टेनर लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा उक्त दिन परवानीपुर तर्फ लग्दै गरेको सूचना प्राप्त भई त्यहाँ बाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ गणेशटोल स्थित सडकखण्डमा भारतीय नम्बर प्लेट NL 01L 6548 को मालवाहक कन्टेनरलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका चक्लेट तथा विस्कुटहरू फेला परेको हुँदा उक्त कन्टेनर तथा चालक भारत औरैया जिल्ला तैसिल उतर प्रदेश बस्ने बर्ष २९ को सुनिल कुमारलाई नियन्त्रणमा लिई रू.५५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।