पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद भएको रौतहट प्रहरी प्रमुखले बताएका छन् । 

निज मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।