काठमाडौँ ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका प्रमुख सोमप्रसाद पहाडीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ।

प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस माग गरेको उजुरीका आधारमा अख्तियारले पहाडीलाई गत पुस २९ मा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा  पहाडीले जिर्ण काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदाहुँदै सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको पुष्टि हुन आएकोले  उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो एक लाख चालीस हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदावी सहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।