मधेशमा सामाचकेवाको रौनक

सिरहा । छ्ठपर्व सकिएसंगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने पर्व हो ।

कार्तिक शुक्ल द्वितीया तिथि अर्थात कार्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) लगायतका मुर्ती बनाउनका लागि माटोको जोहो गरी कार्तिक शुक्ल पञ्चमी देखि कातिक शुक्ल पुर्णिमाको मध्यरातमा सम्पन्न हुने गर्छ ।

यो पर्वका लागि दिदीबहिनीले माटोको विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कार्तिक  पूर्णिमाको मध्यरात्रिमा गाँउबाट पर जोतकोर गरेको खेतमा विशेष पूजापाठ गरी पर्व सम्पन्न गर्छन् । पहिले गाँउगाँउमा करिव दशजनाको समुह बनाएर माटोको जोहो गरी काँचो माटोले मानव, चरा र जनावरलगायतका कालात्मक मूर्ति बनाई समाको गीतमा दिदिवहीनीहरु झुमिन्थ्यो तर, अब विस्तारै यो पर्व लोप हुदै गैइरहेको छ । पहिले काँचो माटोले बनाएको मुर्तीहरुलाई दुल्ही झै सजाएर पुर्णिमाको मध्यरातमा गाँउमा बजाउने (ढोल पिपही) सहीत छोरीलाई विदाई गरेझै गाँउबाट पर खेतसम्म लगेर विशेष पुजापाठ गरी यो पर्व मनाउने गथ्र्यो। विस्तारै यो पर्वपनि लोप हुदै गएको देखिन्छ ।

ग्रामीण क्षेत्रमा मनाईने यो पर्वप्रतिको लोकप्रियतामा केही कमी आएको महशुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो । सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको सुरुवात गर्ने गरेको स्थानीय शिवो देवी यादव बताउछिन् । उनले भनिन् , ´सुरु दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मुर्ति बनाइन्छ । उनले थपिन् , ´बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।´

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरेको अर्का स्थानीय रेखा सिंहले बताइन्। उनले भने, ´गित गाउदै आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने गर्छन् ।सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।´

छठको खरना वा परनादेखि नै माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।

डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गितसंवाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । 

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । सामाचकेवाको गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 26 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 20 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 22 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 20 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 137 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 19 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ