विप्लवको टिप्पणी:- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै विप्लवले जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे स्पष्ट धारणा रहेको बताउदै कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका हुन् ।  उनले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता रहेको बताउदै एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको टिप्पणी गरेका हुन। 

उनले भनेका छन्:  

जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे हाम्रो स्पष्ट धारणा छ-

१- नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता छ,

२- कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी छ,

३- कम्युनिस्टहरू र मित्रहरूका बीच बैचारिक,सैद्धान्तिक,ब्यबहारिक बहसहरू आवश्यक छन,

४- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो । समयले धेरै पछि छोडिसक्यो । यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ  ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 62 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला