मधेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस

काठमाडौँ । मधेश प्रदेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस रहेका छन् । 

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बुधबारसम्म गरेको परिक्षणको आँकडा अनुसार प्रदेशमा ११५ जना नयाँ केस थपिएको उल्लेख गरेको छ भने हालसम्म २८३ सक्रिय केस रहेको उल्लेख छ ।  

केन्द्रले हाल सबैभन्दा बढी नारायणी आस्पतालमा १५८ जना उपचारत रहेका छन् भने अन्य १३ अस्पतालमा अन्य बाँकी संक्रमित उपचारत रहेका छन् ।  

केन्द्रले अहिलेसम्म २५७ जना ठिक भएको उल्लेख गरेको छ । अहिलेसम्म संक्रमित पुष्टि भएकामध्ये अधिकांश वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ११, १२, १३ र १६ का रहेका छन् ।

नारायणी अस्पताल बाहेक तराई अस्पताल, नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, भवानी अस्पताल, प्रभु अस्पताल, एडभान्स मेडिकेयर अस्पतालमा, नारायणी सेन्टर अस्पताल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम  अस्पताल र गण्डक अस्पतालमा संक्रमितहरुको उपचार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

वीरगन्ज महानगर क्षेत्रमा खानेपानी संस्थानले आपूर्ति गरेको पानी वा नयाँ जडान गरिएका डीप बोरिङबाट संक्रमण फैलिएको व्यापक अनुगमन गरिए पनि हालसम्म हैजा संक्रमण फैलाउने श्रोतको आधिकारिक पुष्टि हुन नसकेको बताइएको छ ।

  • Related Posts

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 39 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 36 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 29 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 32 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 32 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला