उनको ट्विटले प्रशंसकहरूमा यति धेरै खुल्दुली बढ्यो कि उनीहरूले धमाधम मध्यरातमा नै कमेन्ट गरे । अमिताभले लेखेका छन्, “भनेको थिएँ नि तिमीले मानेनौँ ! अब जाऊ ।”

उनको यो ट्विट मार्च ६ मा १२ः१९ बजे पोस्ट भएको छ । उनको ट्विटमा अहिलेसम्म चार हजारभन्दा बढी ट्विटर प्रयोगकर्ताले लाइक गरिसकेका छन् । ४०० बढी कमेन्ट छन् ।

कमेन्टमार्फत प्रशंसकहरूले सधैँ बच्चनको साथमा भएको बताइरहेका छन् । कसैले लेखेका छन्, “होइन, तपाईंलाई छोडेर जाँदैनौँ । तपाईं जहाँ, लाइन आज पनि त्यहीँबाट सुरु हुन्छ ।