विश्व मिर्गौला दिवसको अवसरमा रत्नपार्कबाट शुरुभएको प्रभातफेरि कार्यक्रम रंगशालामा पुगी फुटबल खेलमा परिणत गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिर्गौला दाता र प्रत्यारोपित दुबैले देश र समाजका लागि साधारण मानिसको जतिनै योगदान दिन सक्ने बताउनुभयो ।

मन्त्री खतिवडाले नेपालमा मृगौला दिवस मनाउन थालेको १२ बर्ष भयो । सरकार र सरोकारवाला निकायले यस दिवसलाई आम जनमानसमा सकारात्मक सन्देश पुर्याउने उदेश्यले प्रभातफेरिका साथै मृगौला प्रत्यारोपितसँग फुटबल खेलको आयोजना गर्दै आएको बताउनुभयो ।