मंगलबार दिउँसो पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको हो ।

तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए । स्थानीयका अनुसार होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङदीमा गएका थिए । उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो । मध्यान्ह १२ बजेतिर बगाएकोमा उनको शव दिउँसो १ बजेतिर १० मिटर जति तल भेटिएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा नदीले बगाउँदै लगेको र केही बेर बेपत्ता बनाएपछि सँगै गएका शिक्षक विद्यार्थीले हारगुहार गरेपछि घटनाबारे जानकारी आएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षकले बताए ।