महाकुम्भ मा उच्च मनोबलका साथ ६० लाख भन्दा माथि नेपालीहरू स्नान गर्न पुगे : अनुप कुमार

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ फागुन । नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीहरुका लागि निःशुल्क शिविर सञ्चालन गरेको आयोजक ले बताएका छन् । महाकुम्भ स्नान गर्न पुग्ने नेपाली भक्तजनहरूलाई सहज रुपमा स्नान गराएर आफ्नो घरमा पठाउने काम पनि संगठनले गरिरहेको छ ।

बिगत ३८ दिन देखि जारी महाकुम्भ मा नेपाल बाट गएका नेपालीहरुलाई नेपाल भारत मैत्री संगठनले महाकुम्भ मा राम्रो सहजीकरण, व्यवस्थापन गरेर निःशुल्क रुपमा श्रद्धालुहरूलाई स्नान गराएर विभिन्न सहयोग र व्यवस्थापन गराइदिएको आयोजकको दावी छ । महाकुम्भ कार्यक्रमलाई सफल बनाउन नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपाल बाट आउने भक्तजनको नुहाउने, खाने, बस्ने सहितका सहयोग पनि गर्ने काम गरेको नेपाल भारत मैत्री संगठनका केन्द्रीय सदस्य आशिष गुप्ताले जानकारी दिएका छन् ।

यसै क्रममा अनंतश्री विभूषित महामंडलेश्वर स्वामी देवस्वरूपानंद सरस्वती महा निर्वाणी अखाड़ाका महन्त ले यो महाकुम्भ १ सय ४४ वर्ष पछि लागेको र सबै ग्रह नक्षत्रलाई मिलेर यो नक्षत्र मिलेकाले उल्लास देखिएको बताए । साथै संचालक गंगा कल्पवास सेवा आश्रमका पण्डित उदय गंगा प्रसाद पांडेयले महाकुम्भ मा मित्रराष्ट्र नेपाल बाट आउने भक्तजनहरूको उत्साहित सहभागिता देखेर नेपाल अझै हिन्दु राष्ट्र नै रहेको आफुहरुले अनुभूति गरेको बताए ।

यो महाकुम्भ मा ५६ करोड मान्छेहरू देश दुनियाँ बाट आएर स्नान गरेर फर्केको अवस्था छ । शिवरात्रीको दिन २६ फरवरी सम्म झण्डै ७० देखि ८० करोड मान्छेहरूले स्नान र अवलोकन गर्ने अनुमान महन्तले गरेका छन् । साथै संगठनले निःशुल्क रुपमा भण्डारा र प्रसादहरू समेत वितरण गर्दै आएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन