महानगर भित्रका ३६१ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आउन आग्रह

काठमाडौं ।  काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु  प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ । स्वास्थ्य विभागले महानगरक्षेत्रमा रहेका ३६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थाहरूलाई यो सुविधा उपलब्ध गराउन युजरनेम र पासवर्ड प्रदान गरेको हो ।

 स्वास्थ्य विभागले जारी गरेको सूचनामा भनिएको छ- ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली मार्फत संकलन हुँदै आएकोमा अब यो प्रक्रियालाई अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजत पत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपि सहित यथाशीघ्र महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध छ ।’

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार, यो प्रणालीले स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदनलाई अनलाइनमार्फत व्यवस्थित र प्रभावकारी बनाउनेछ । उनले भने- ‘पहिले एचएमआइएस ९.४ मार्फत स्वास्थ्य संस्थाहरूले आफ्नो मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाउनु हुन्थ्यो । संघीयता लागू भएपछि यो जिम्मेवारी स्थानीय तहमा आएको छ । तर, हाम्रोमा तथ्यांक व्यवस्थापनका लागि फोकल पर्सनको अभाव छ। त्यसैले स्वास्थ्य संस्थाहरूलाई नै युजर आइडी र पासवर्ड दिएर अनलाइनमार्फत डाटा प्रविष्टि गर्न लगाउने योजना हो ।’

जनस्वास्थ्य निरीक्षक श्रेष्ठले स्वास्थ्य डाटाको महत्वबारे प्रष्ट पार्दै भने- ‘यो प्रणालीले कस्ता रोगहरू बढ्दै छन्, कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ। उदाहरणका लागि, पहिले संक्रामक रोगहरूको जोखिम बढी थियो, तर अहिले गैरसंक्रामक दिर्घ रोगहरू (जस्तै उच्चरक्तचाप, मुटु रोग, मधुमेह) बढ्दै छन्। यस्तो डाटाले हामीलाई स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ, कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्न सघाउँछ ।’

स्वास्थ्य विभागले स्वास्थ्य संस्थाहरूलाई कागजातसहित छिटोभन्दा छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ । 

  • Related Posts

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन