महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर (महोत्तरी)। आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीनसमयसँग रहेको छ । उनले भने “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन् ।”उनले श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको जनश्रुती रहेको बताए ।

पछिल्लो समय यस स्थानको संरक्षण संवर्द्धनका लागि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

स्थानीयवासीले धार्मिक एवं ऐतिहासिक अन्धाअन्धी स्थानको संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन् ।

  • Related Posts

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग…

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख ४ गते शुक्रबार ईस २०२६ अप्रिल १७ नेपाल सम्बत ११४६ चौलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष औंसी, चन्द्रमा मीन…

    पहिलो

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 1 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 11 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    • April 17, 2026
    • 19 views
    २०८३ बैशाख ४ गते शुक्रबार: आजको राशिफल

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 33 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 26 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार