मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क पुर्याइयो

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क पुर्याइएको छ । अमेरिकी मिडियाहरुले मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको मानहटनमा ल्याएको उल्लेख गरेका छन् ।

मादुरोले अब अमेरिकामा कानुनी कारबाही र सोधपुछको सामना गर्नुपर्नेछ । अमेरिकी प्रशासनले उनीमाथि लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपहरूको सामना गरिरहेको बताएको छ ।    

हेलिकप्टरमा न्यूयोर्कको मानहटन ल्याउनुअघि मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको स्टीवर्ट एयर नेशनल गार्ड बेसमा विमानबाट ओरालिएको थियो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रणालीमा उनीहरूको जानकारी प्रविष्ट गर्नुअघि दम्पतीको बायोमेट्रिक्स, औंठाछाप र तस्बिरहरू लिइएको थियो ।

शनिबार अमेरिकाले गरेको अप्रेशनमा मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्कस्थित म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।

Single Image
  • Related Posts

    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

    अमेरिका-इजरायल र इरानबीचको युद्ध कारण विश्वभर इन्धन अभाव हुने संकेत देखिएपछि अब देशहरुले इन्धनको बचतका उपाय शुरु गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढिरहेका बेला थाइल्यान्डले इन्धन बचत गर्न…

    अमेरिकालाई हतियार लैजानबाट रोक्न सकिदैन- दक्षिण कोरिया

    । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले अमेरिका आफ्ना हतियार अन्यत्र लैजान चाहे त्यसलाई रोक्न नसकिने बताएका छन् । उनको यो अभिव्यक्ति अमेरिका आफ्नो पैट्रियट मिसाइल प्रतिरक्षा प्रणाली ईरानसँग जारी…

    पहिलो

    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    • March 10, 2026
    • 27 views
    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    • March 10, 2026
    • 17 views
    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    • March 10, 2026
    • 20 views
    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    • March 10, 2026
    • 26 views
    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    • March 10, 2026
    • 22 views