मेलवर्न रेनेगेड्सविरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपाल, कप्तान रोहित र सन्दीपलाई आराम

काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । योसँगै  मेलवर्न रेनेगेड्सले पहिला बलिङ गरिरहेको छ ।

नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई पराजित गरेको थियो । त्यस्तै मेलवर्न रेनेगेड्सले अहिलेसम्म खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ । 

आजको खेलमा नेपाली कप्तान रोहित पौडेल र सन्दीप लामिछानेलाई आराम दिइएको छ भने यस खेलमा दिपेन्द्र सिंह ऐरीले कप्तानी गरेका छन् । आज दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, लोकेस बम र शहाब आलम रहेका छन् ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 47 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन