काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो ।

चोटका कारण नेइमारले विश्वकपअघि हुने मैत्रीपूर्ण खेलहरू गुमाउने निश्चित भएको छ । साथै मोरक्कोविरुद्धको विश्वकप उद्घाटन खेलसमेत उनले गुमाएका छन् । ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लासमारले नेइमारको चोटबारे जानकारी दिएका छन् । उनका अनुसार नेइमार टिमको प्रशिक्षण शिविरमा पुगेपछि विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो । उनले भने- ‘उनले यहाँ आएपछि सबै स्वास्थ्य परीक्षण गरियो । त्यसपछि गरिएको एमआरआई परीक्षणमा पिँडुलाको मांसपेशीमा दोस्रो स्तरको चोट देखियो। यो सामान्य सुन्निने समस्या मात्रै होइन ।’
चोटका कारण नेइमारले पानामाविरुद्ध आइतबार हुने मैत्रीपूर्ण खेल र जुन ६ मा इजिप्टसँग हुने अर्को अभ्यास खेल गुमाउने भएका छन् । ब्राजिलले विश्वकपको पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेल्ने तालिका छ। उक्त खेल हुन अब १६ दिन बाँकी रहेको छ ।
ब्राजिलले विश्वकप अघि जुन १ मा पानामासँग र जुन ७ मा इजिप्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यस्तै विश्वकपमा समुह सि मा रहेको ब्राजिलले पहिलो खेल जुन १४ मा मोरक्कोसँग, जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।








