
बीरगंज, १६ फागुन । बीरगंज महानगरपालिका वडा नं.२१ ताजपुर टोल बस्ने वर्ष २६ को गोबिन्द महतो को ना.२९ प.२८८३ नम्बरको निलो रंगको १२५ सीसी को डिस्कभर मोटरसाइकल फागुन १३ गते राति ०७:३० बजे आफनै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा चोरी भएकोमा जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खोजतलासको लागि खटिएको टोलीले सोही दिन राति ०९:०० बजे उक्त ममोटरसाइकल बीरगंज महानगरपालिका स्थित परवानीपुर ढाट बाट फेला पारी बरामद गरी ममोटरसाइकल चोरी गगर्ने सोही ठाउँ बस्ने वर्ष ३६ को दिनानाथ प्रसाद महतोलाई नियन्त्रणमा लिई निज माथि चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।







