म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु 

म्याग्दी । मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा-महेश-धापुङ-ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मंगला गाउँपालिका-३ पखेर-बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।

मंगला गाउँपालिका-३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला-३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।

प्रदेश सरकारले रु १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष रु एक करोड ५० लाख बजेट छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताए ।

प्रदेश सरकारमार्फत पखेर-बरङजासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

  • Related Posts

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    बजारमा खाना पकाउने ग्यासको अभाव भएको तथा केही स्थानमा विक्रेताले तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्ने समाचार सार्वजनिक भएपछि ग्यास विक्रेता महासंघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको…

    नेप्सेमा आज ३२.०८ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

     नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३. ३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर…

    पहिलो

    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    • March 10, 2026
    • 24 views
    ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    • March 10, 2026
    • 16 views
    चुनाव हारेका विष्णु पौडेलको चुनाव खर्च २८ लाख

    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    • March 10, 2026
    • 19 views
    मोदी प्रमुख अतिथि रहेको कार्यक्रममा भाग लिन डा. बाबुराम भट्टराई भारत जादै

    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    • March 10, 2026
    • 25 views
    बढी लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह

    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    • March 10, 2026
    • 20 views
    खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द

    • March 10, 2026
    • 19 views
    इरान युद्धका बीच विभिन्न देशले शुरु गरे इन्धनको बचतका उपाय, कतै घरबाट कम, कतै विद्यालय बन्द