म सधै बार्सिलोनामै रहन चाहन्छु- लामिन यमल

बार्सिलोनाका युवा स्टार लामिन यमलले क्लबमा आफ्नो भविष्यबारे ठूलो संकेत दिएका छन् ।

यमलले हालै बार्सिलोनामा सधै रहने इच्छा व्यक्त गर्दै आफू एकै क्लबमा करिअर बिताउन चाहने खेलाडी बन्ने बताएका हुन् । यद्यपि, बार्सिलोनाका दिग्गज लियोनेल मेसीको उदाहरणले सबैको चाहना पूरा नहुन सक्ने पनि देखाएको छ । यमल पनि मेसीझैं बार्सिलोनाको चर्चित ला मासिया एकेडेमीका उत्पादन हुन् । उनले मात्र १५ वर्षको उमेरमै सिनियर टोलीबाट डेब्यु गर्दै कीर्तिमानहरू तोड्न थालेका थिए । भविष्यमा अझ धेरै इतिहास रच्ने सम्भावना उनीसँग देखिन्छ ।

१८ वर्षको उमेरमै यमलले बार्सिलोनाका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन् र ३८ गोल गरिसकेका छन् । उनको उपलब्धिमा ला लिगा उपाधि, युरोपियन च्याम्पियनसिपको उपाधि तथा स्पेनका लागि २३ अन्तर्राष्ट्रिय खेललगायत रहेका चाहन ।

बार्सिलोनाले आफ्नो सबैभन्दा उदाउदो प्रतिभालाई दीर्घकालीन तथा आकर्षक सम्झौतामा बाँध्दै प्रतिष्ठित १० नम्बर जर्सी पनि दिएको छ । क्लबले घरेलु तथा युरोपेली मञ्चमा यमललाई महान खेलाडीहरूको सूचीमा देख्ने अपेक्षा राखेको छ ।

७८ मुन्डो डेपोर्टिभो गालामा विशेष सम्मान ग्रहण गर्दै यमलले आफ्नो भविष्यबारे भने- ‘म यहाँ सधैं रहन सकूँ भन्ने आशा गर्छु। जहाँ म हरेक दिन रमाउँछु, संसारकै उत्कृष्ट क्लब र उत्कृष्ट शहरमा ।’

यसअघि सन् २०२४ मै उनले आफु बार्सिलोनामै सधैं रहन चाहेको बताएका थिए । यमल सन् २०२५ को बालोन डी ओरमा उपविजेता बनेका थिए । उनले भविष्यमा धेरै ‘गोल्डेन बल’ जित्ने अपेक्षा गरिएको छ ।

यमलले मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता महान खेलाडीको मानसिकता अपनाउँदै निरन्तर उत्कृष्टताको खोजीमा रहने चाहना व्यक्त गरेका छन् । अहिलेसम्मका उपलब्धिमा सन्तुष्ट नहुने उनको भनाइ छ ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 25 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 23 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 21 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 32 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 27 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 21 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का