तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले घर भएका २४ वर्षीय पूर्णबहादुर ठटाललाई झापा प्रहरीको सहयोगमा बुद्धशान्ति गाउँपालिका–२ बाट आइतबार बेलुका पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।पक्राउ परेका ठटालविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ठटालले गत माघ १० गते महिलाको घरमै गएर जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।