संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरी उनी विजयी भएका हुन् । यादवले १ हजार ७० मत प्राप्त गरेका छन्। मंगलबार सम्पन्न मतदानको मत गणना बिहीवार बिहानदेखि शुरू भएको थियो काँग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ।







