राष्ट्रियसभाका नवनिर्वाचित संसदहरुको शपथ सम्पन्न

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नव निर्वाचित सदस्यहरूले शपथ गराएका हुन् । 

गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । 

राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए ।

जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

  • Related Posts

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।  काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको…

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    काठमाडौँ । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत महत्वपूर्ण कानुन संशोधन गर्न खोजेको भन्दै कडा विरोध जनाएका छन् । बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त…

    पहिलो

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 9 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 11 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 16 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    • April 29, 2026
    • 16 views
    सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    • April 29, 2026
    • 12 views
    रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने

    • April 29, 2026
    • 15 views
    चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिने