राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त भएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद खाली भएको हो । उनीहरू २०७७ फागुन २७ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

पद रिक्त भएपछि नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।

हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेकाले उनीहरू सबै डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धी मानिएका छन् । 

यसैबीच गभर्नर विश्वनाथ पौडेलले सिफारिसको तयारी गरेको बताइएको छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा अहिलेको सरकारले नियुक्ति गर्ने वा नयाँ सरकारलाई छोड्ने भन्ने विषयमा चासो बढेको छ ।

  • Related Posts

    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ४३ हजार कित्ता शेयर बिक्रीका लागि सार्वजनिक…

    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २५.८१  अंकले घटेर २७४४.४५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार…

    पहिलो

    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    • April 29, 2026
    • 13 views
    याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    • April 29, 2026
    • 17 views
    सांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन

    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    • April 29, 2026
    • 17 views
    १५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    • April 29, 2026
    • 14 views
    सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    • April 29, 2026
    • 21 views
    नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 36 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण