रास्वपाको समानुपातिक सूचीप्रति कोशीकी कार्यवाहक अध्यक्ष गोमा तामाङको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले समानुपातिक सूचीप्रति असन्तुष्टि पोखेकी छन् । रास्वपाले ५७ जान समानुपातिक सांसद सिफारिस गरेकोप्रति कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाव दिएको बताउदै सूचीमा आउनु पर्ने नाम नआउनु अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न नसकिने उल्लेख गरेकी छन् । उनले जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम छुटाइएको बताएकी छन् ।

उनले भनेकी छन्- 

मैले कोशिको हकमा पहाडी भुगौल समेट्न पर्छ, छुट्नु हुन्न भनेको थिए छनौटको समयमा । जान्नेलाइ छान्ने लहडमा पर्नुपर्ने नाम थियो ओखलढुंगाको बगरहरुमा घन्टी बोकेर पहिलो उम्मेदवार  जसले सानो नानी चेपेर रा स्व पा को बीउ रोपेको थियो २०७९ मा वहाँ थियो शोभा कार्की खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानि सत्याकला राई वहाँको नाम किन आएन ? पर्नुपर्ने नाम थियो ताप्लेजुङ कि मिरा लाबुङ वहाँको नाम न आउनु पार्टीले कोशिको भौगोलिकता र जातिय कलस्टरलाइ समेट्न नसक्दा अबका दिनहरुमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न । र अर्को कुरा समुदायको ब्यक्ति बिशेषहरु केन्द्रिय  नेताज्युहरुको  वरपर नजीक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु बिडम्बना  दु:खद छ ।

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 28 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 22 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 23 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ