रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईं काँग्रेस प्रवेश गरेका छन् । हुमागाईंलाई काँग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका छन् ।

सभापति थापाले सर्लाहीमा चुनाव प्रचारकै क्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हुमागाईंले केहि दिनअघि रास्वपाको प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका थिए ।

हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले रास्वपा भित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका थिए । 

  • Related Posts

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ ।  न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको…

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 19 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 22 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु