
रोटरी क्लब अफ माउन्ट एभरेस्ट ललितपुरका सदस्यहरू, करुणाया बुङ्गड्यो गुठी ९बाराही, यान्वा, घा कु, र बोशिन० का गुठियारहरू, मल्टी ल्याब प्रा। लि। र एसीई द हिमालय सहित ९८ स्वयंसेवकहरूको सहकार्यमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको दलचौकी भ्यू टावर क्षेत्रमा २५०ं रूखका बिरुवाहरू ९प्रायः धुपी, एभोकाडो र तेजपात० का बिरुवाहरु रोपिएको छ।

यस क्लबका अध्यक्ष रबि लामिक्षाने का अनुसार सामुदायिक वनका रूखहरू ललितपुरको सबैभन्दा लामो समयसम्म चल्ने वार्षिक उत्सवहरू मध्ये एक रातो मच्छेन्द्र नाथ रथ करुणामय बुंग द्यो० निर्माण गर्न प्रयोग गरिन्छ।
स्थानीय समुदायलाई संलग्न गराउने र आज रोपिएका रूखहरूको दीर्घकालीन दिगोपनलाई सम्बोधन गर्ने उद्देश्यले, नियमित पानी, झारपात नियन्त्रण, मर्मतसम्भार र वृद्धि अनुगमन संयुक्त रूपमा गरिने अध्यक्ष लामिछानले भन्नुभयोा









