वार्ताको तयारीबारे दूतावासले भूतपूर्व गोरखा संघका सदस्यहरूसँग छलफल सुरु गरेको छ । दूतावासका प्रवक्ता तथा मिसन उपप्रमुख रोशन खनालले बेलायत सरकारसँगको वार्ताको मिति छिट्टै जानकारी गराउने सम्भावना रहेको बताए । गोर्खा सत्याग्रहका अनुसार गोर्खाहरूको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुनेछन् भने अन्य थप प्रतिनिधिहरू सम्बन्धित विषयका आधारमा छनोट गरिने छ ।दूतावासमा भएको छलफलपछि बेलायत सरकारलाई औपचारिक पत्र पठाइने दूतावासले जनाएको छ । दूतावाससँगको वार्तामा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा पूर्व सैनिक संघ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (BGWS), नेपल्स पूर्व सैनिक संघ (NESA) र गोर्खा न्याय समूह आबद्ध गोरखा अभियान समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







