लिबियाका पूर्व तानाशाह गद्दाफीका छोराको हत्या

 लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा र एक समय सत्ताका उत्तराधिकारी मानिने सैफ अल इस्लाम गद्दाफीको मृत्यु भएको छ । उनी ५३ वर्षका थिए । लिबियाली अधिकारीहरूले पश्चिमी लिबियाको जिन्टान शहरमा उनको गोली हानेर हत्या भएको दाबि गरिएको छ । 

यो घटनाले देशको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वलाई फेरि एक पटक चर्चामा ल्याएको छ ।

पश्चिमी लिबियाका दुई सुरक्षा अधिकारीहरूका अनुसार, राजधानी त्रिपोलीबाट लगभग १३६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित जिन्टान शहरमा सैफ अल इस्लामको मृत्यु भएको बताइएको छ । 

सैफ अल इस्लामका वकिल, खालेद अल जैदीले फेसबुक पोस्टमा उनको मृत्युको पुष्टि गरेका छन्, तर कुनै विवरण साझा गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको राजनीतिक वार्तामा सैफ अल इस्लामको प्रतिनिधित्व गर्ने अब्दुल्लाह ओथमान अब्दुर्रहिमले पनि फेसबुकमा उनको मृत्युको घोषणा गरेका छन् ।

लिबियाली समाचार आउटलेट फवासेल मिडियाले अब्दुर्रहिमलाई उद्धृत गर्दै सशस्त्र व्यक्तिहरूले सैफ अल इस्लामलाई उनको घरमा हत्या गरेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार, अभियोजन एजेन्सीहरूले मुद्दाको अनुसन्धान गरिरहेको बताइएको छ । सैफ अल इस्लाम गद्दाफी लामो समयदेखि लिबियाली राजनीति र गृहयुद्धमा एक विवादास्पद व्यक्तित्व हुन् । उनको मृत्युले फेरि एक पटक देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरतामाथि धेरै प्रश्नहरू उठाएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि