वीरगञ्ज, १२ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल वीरगञ्ज वडा नं २६ को वडा स्तरिय भेला आज सुगौली बिर्ता मा सम्पन्न भएको छ । महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बरिष्ट नेता अधिवक्ता सुरेन्द्र कुर्मिले भने वर्तमान राजनिती परिस्थितीलाई हेर्ने हो भने लोसपा बाहेको अर्को विकल्प नहेको बताएका छन । मधेशवादको नाममा राजनिती गर्नेहरुको फेरी मधेशीको नामलाई मुद्दा बनाई समाजमा भ्रमफैलाउन थालेको अब ति भ्रष्टनेताहरुलाई पहिचान गर्न आवश्यक रहेको बताएका छन । उक्त भेलामा प्रमुख अतिथि प्रदेश सन्सद रमेश कुर्मि, जिल्ला अध्यक्ष पुरुषोतमलाल झा, बरिष्ट नेता अधिवक्ता सुरेन्द्र कुर्मि, नेताहरु शशि कपुर मिया, रम्भा मिश्रा, राजनरायण मिश्रा, शिव शंकर द्विवेदी, श्याम तिवारी, नगर उपाध्यक्ष शेख फिरोज, सदस्यहरु बिरेन्द्र साह , दिपक पटेल, लालबबु पटेल, उषा श्रीवास्तव, महिला नगर अध्यक्ष अन्जना गुप्ता लगायतले सम्बोधन गर्दै लोसपालाई बलियो बनाए मात्र मधेसी, उत्पिडितको अधिकार ,पहिचान सुनिस्चित हुनेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण नगर सचीव बिकाश चौधरीले गरेका थिए । भेलाले स्थनिय नेता ध्रुव प्रसाद पटेलको अध्यक्षतामा ३१ सदस्यिय वडा एकाई कमिटि पनि गठन गरेको छ् ।