
वीरगञ्ज, ११ फागुन । वीरगञ्जमा लोसपा नेपाल , पर्साको आज देखी विधिवतरुपमा पुजापठ गरी सम्पर्क कार्यालय शुरु गरीएको छ । रानीघाट स्थित गोकुलेश्वर भवनमा खोलिएको सम्पर्क कार्यालय लोसपा का जिल्ला अध्यक्ष पुरुषोतम झाले विधिवतरुपमा पुजापाठ गरी झण्डोतोलन कार्यक्र सम्पन्न गरेका छन् । आज देखी दैनिक रुपमा कार्याकर्ता तथा आम नागरीकको सम्पर्कको कार्यालयको रुपमा सुचारु हुने लोसपा का नगरकार्य समितीका अध्यक्ष ओमप्रकास सर्राफले बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेश सांसद रमेश कुर्मि, लोसपा पर्साका बरिष्ठ नेता तथा अधिवक्ता सुरेन्द्र कुर्मि , रम्भा मिश्र, लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।







