विजयी लयमा फर्कियो नेपाल, मेलवर्न रेनेगेड्स ३३ रनले पराजित

काठमाडौँ । नेपालले मेलवर्न रेनेगेड्सलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न टप इन्ड टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले मेलवर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलवर्न रेनेगेड्सले २० ओभरमा १०६ रन बनाएर अल आउट भएपछि नेपाल ३३ रनले विजयी भएको हो ।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । त्यस्तै कुशल भुर्तेलले २ विकेट लिए भने शहाब आलम र रुपेश सिंहले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाएका थिए ।

त्यस्तै मेलवर्नका बलर फर्गुस ओनिल, कलुम स्टव, लाचलान बांग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए ।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो । यस अघि सिरिजमा लगातार तीन हारपछि नेपालले लगातार दुई खेलमा जित हासिल गरेको छ । अब नेपालले शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

  • Related Posts

    पुरुष क्रिकेटको नेपाल ए टिममा मा ३२ खेलाडी छनौट

    नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड  र अमेरिकासँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि…

    आर्सनलमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

    म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा रयान चेर्की र इर्लिंग हालाण्डले एक…

    पहिलो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 5 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 15 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 32 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 18 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    • April 20, 2026
    • 15 views
    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    • April 20, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ