विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नीति

 प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै अभिनेत्री नीति शाह वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग पारम्परिक विधिअनुसार विवाह गरेकी हुन् । काठमाडौंस्थित एक होटलमा सम्पन्न समारोहमा दुवै परिवार, आफन्त र निकट मित्रहरूको उपस्थिति रहेको थियो ।

यसअघि गत बैशाखमा उनीहरूले काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह दर्ता गरिसकेका थिए । करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले विवाहअघि प्रि-वेडिङ फोटोसुट तथा निकट साथीहरूसँग गोप्य रूपमा ब्याचलर पार्टीसमेत मनाएका थिए । बुधबार आयोजित संगीत समारोहमा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी र आकृति राजभण्डारीलगायतले प्रस्तुति दिएका थिए ।

शनिबार साँझ भव्य स्वागत समारोह आयोजना गरिएको छ। कार्यक्रममा राजेश हमालदेखि अनमोल केसीसम्मका कलाकारलाई निमन्त्रणा गरिएको बताइएको छ । नीतिका पति याञ्चित पेशाले विमान मर्मत इन्जिनियर हुन् र हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।

सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले फिल्म ‘खजुरे ब्रो’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । प्रारम्भिक केही फिल्मले अपेक्षित सफलता नपाए पनि यस वर्ष प्रदर्शन भएको ‘मोहर’ले उनलाई व्यावसायिक सफलता दिलाएको थियो । हाल उनी आधा दर्जनभन्दा बढी फिल्ममा व्यस्त रहेकी छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 74 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 28 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 46 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 35 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 38 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची