विश्व अल्जाइमर दिवस:  नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौँ । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको बताइन्। उनले अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताइन्।

जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यस रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ”, उनले भनिन् “तर बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।” नेपालमा ६० वर्षमाथि उमेरका व्यक्तिमा यस रोगको समस्या देखिने गरे पनि आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत समस्या देखिने गरेको निर्देशक निरौलाले बताइन्।

लक्षण
अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्सँदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहोर्‍याउने, ध्यान केन्द्रित गर्न समस्या हुने जस्ता लक्षणहरू देखा गर्ने गरेका चिकित्सकहरू बताउँछन् । पछि गएर उल्लिखित लक्षणहरू क्रमशः कडा रूपमा बढ्दै गई दैनिक जीवनयापन नै कठिन हुन जान्छ ।

रोगको प्रमुख कारण बढ्दो उमेर भए पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्त्वको कमी मदिरा र धूम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता जस्ता कारणले पनि हुने गर्दछ ।

महाशाखा प्रमुख निरौला रोग रोकथामको उपाय भनेको नै जोखिमहरू कम गर्नु रहेको बताउँछिन् । उनकाअनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली जनसङ्ख्याको वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामीहरू थपिन्छन् र यो सङ्ख्या सन् २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।

सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्नका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विपन्न नागरिक औषधोपचार कार्यक्रम अन्तर्गत अल्जाइमर रोगका लागि रु. एक लाखसम्म सुविधा प्रदान गर्दै आइरहेको छ । यस रोगको उपचारका लागि देशभरि १२ वटा अस्पताल सूचीकृत छन् । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर्स डिस अर्डरलगायत विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिइन्।

उनले अल्जाइमरसँगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरण गर्न आवश्यक रहेको बताइन्। निरौलाले यी रोग भएका बिरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशील बनाउनुपर्ने र पर्याप्त मात्रामा फलफूल खुवाउनुपर्ने बताइन् ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 30 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 23 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 25 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 144 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ