विश्व खाद्य स्वच्छता दिवसको अबसरमा विभिन्न कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ जेष्ठ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सप्ताह व्यापी मनाउने क्रममा आज चौँथो दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगन्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्ज तथा FAN-CAN मधेश प्रदेशको संयुक्त आयोजनामा खाद्य स्वच्छता, गुणस्तर तथा आयात निर्यात सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीरगंज उधोग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रममा खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय, पर्सा का प्रमुख विमल दाहाल, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्सा का प्रमुख सुरेश सिंह, सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोज कुमार दास, महासचिव शिवजी प्रसाद साह, कार्यसमिति सदस्यहरू को साथै अन्य उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसै गरि कार्यक्रममा कार्यालय प्रमुख विमल दाहालले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 23 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 19 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 20 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 24 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 25 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 25 views
    आजको राशिफल